“गरिबी”

137
घनश्याम रेग्मी
खाने के हो माम छैन
सुत्ने बस्ने ठाम छैन
जाडो धेरै लाग्न थाल्यो
न्यानो लाग्ने घाम छैन
सीता खेल्ने देश मेरो
दुख्दा बोल्ने राम छैन
बैरीसँगै लड्न जाऊ
मोर्चा बाँध्ने ड्राम छैन
द्यौता सारा बेचिएछन्
पूजा गर्ने ठाम छैन
खेतीपाती गर्न हुन्थ्यो
पैले जस्तो याम छैन
सेवा आफ्नै देश गर्थ्यौं
आफ्नै देशाँ काम छैन
छैनन् साथीसम्म कोही
पैले जस्तो गाम छैन
भोकै प्यासै बस्नु पर्ने
खाडी जाने दाम छैन।