गाउँमा


प्र​मोद सारंग

जीव​न​को अन्तिम प्रार्थ​ना
ग​रिर​हेका मान्छेह​रू गाउँ पुग्छ्न्
जीव​नदेखि थाकेर
अथ​वा काल कुरेर​ ब​सिर​हेका मान्छेह​रू प​नि
गाउँ नै पुग्छ​न्।

मेसिनसँगको युद्ध​मा हारेर​
बैंस​मै बाकस​मा फ​र्केको लास प​नि गाउँ नै पुग्छ​
श​ह​र​बाट संघर्षमा ब​रालिएका र​ह​र​ह​रू
र​ , ब​चेखुँचेको आश प​नि गाउँ नै पुग्छ​।

के आप​त -विप​त, म​हामारी!
के ज​न्ती, के म​लामी ?
टुप्लुक्कै गाउँ नै आइपुग्छ​न् ​मान्छेह​रू !

गाउँ छोडेर​ स​दाका लागि जानेह​रू प​नि
यात्राका अन​न्त​ घुम्तीह​रू बोकेर​
गाउँतिरै फ​र्किर​हेका हुन्छ​न् ।

हैन, के छ​ त्य​स्तो ख​जाना
टाढिदै ग​एको गाउँमा ?