
शरद गौतम
हे नानी गरिमा निमोठियौ तिमी बाल्यकालमा जसै
इच्छा आकाँक्षा तिम्रा कति थिए उजाडभएनि तबै
तिम्रो त्यो कलिलो शरीर गयो व्यर्थमा हुँदा राक्षसी पन
यस्ता दुष्ट र राक्षसहरु पनि छ्नयहाँ लुक्दै बसी झन्झन।
हुर्केकी थियौ दिनदिन तिमी पाउँदै स्नेह र प्रेममा
ढुङ्गा माटाेमा कति खेल्द्थ्यौ तिमी कस्तो थियो चाहना
तिम्रो त्यो बाल शरीरलाई जब लुछिचुडे पापीले
कति रोइकराइ पनि गरीहौली सहयोगको भै आशले।
नकुनै ज्ञान थियाे केही कुराको न थियो कुनै चिन्तन
पापी राक्षसहरुले लुछिचुडे तिमीलाई आवेगमा आइकन
तिम्रो बालसुलभ चरित्र व्यवहारको लिएर जसै फाइदा
हाहा कष्ट कतिभयाे तिमीलाई रोइ रोइ गयौ नि सदा।
समाज हाम्रो कति पथभ्रष्ट भयो अब के कुरा गरौँ यसको
कोही छैनन सुरक्षित अब यहाँ जिम्मेवार हो को यसको
नैतिकवान चरित्रवान मान्छे पाइन देख्न भयो दुर्लभ
शिक्षा दीक्षा मिले असलमा हुन्छ्न कि नैतिक अब।





