
डा हरिमोहन पोखरेल
कोहिमा नागाल्याण्ड भारत
उसले निकै गम्भीर हुँदै भन्यो –आमा –!!हामी त शहरिया मान्छे खेती देखेको पनि छैन अनि आज असारको पन्ध्र गते भन्छन दही चिउरा खाने रे -!! आफुलाई थाहा छैन धान कसरी फल्ने हो –?? आमाले भित्रबाट भनिन –थुक्क काले –!! आज सम्म हिलोमा खुट्टा हालेको छैन । एम फिल पीएचडी गरेको भन्छ। धान कसरी फल्ने हो थाहा छैन ।खोइ के भन्ने र —?? उसले फेरि भन्यो –आमा मेरो गल्ती होइन नि –!!तपाईँहरुको गल्ती हो ।तपाईँहरु शहर पसेर हामीले गाउँले परिवेश भुल्नु पर्यो। आमाले पछ्यौरीले आँश पुछेर भनिन — माफ गर छोरा –!!गाउँमा बाच्ने परिवेश सकिन लागेपछि हामी शहर पसेका हौँ । आमाको कुरा सुनेर छोराको आँशु बग्यो।





