
मणिराज भट्टराई
गठ्ठाघर, भक्तपुर
हाल: न्यूजील्याण्ड
मेरा प्यारा बाबू नानी
आऊ मेरा साथ
खुप ध्यान दिएर
सुन गुनिला बात।
ध्यान दिई पढ्नु पर्छ
खेल्ने मात्र हैन
खेलेर मात्र लक्षमा
कहिल्यै पुगिँदैन।
खुशी हुनु पर्छ सधैँ
रिसाउनु हुन्न
रिसाउने मान्छेको
साथमा कोही हुन्न।
असल बानी राख्नु पर्छ
कुलतमा पर्नु हुँदैन
कुलतमा परेर
जीवन बिगार्नु हुँदैन।
असल साथी छानेर
सङ्गत गर्नु पर्छ
गलत सङ्गत ले
जीवन सफल हुँदैन।
मान्यजनको खुलेर
आदर गर्नु पर्छ
समान गरे अरूको
आफ्नो मान बढ्छ।
सचेत हुनु पर्छ हेर
चिन्तित हुने हैन
चिन्ताको उपचार
सन्सारमा कतै छैन।





