सरिता पराजुली
चन्द्रागिरि १५ काठमाडाैं
विदा त हाे भन्दा भन्दै
विदा सकियाे
गृहकार्य नगरेर
त्यसै बसियाे।
फाेनबाट साथीसँग
कुरा गरेकाे
साथीले नि भनिन् मलाई छैन गरेकाे।
खेल्न डुल्न पाएपछि
पढ्नै हरायाे
झाेला खाेली हेर्दाखेरि
स्तब्धै बनायाे।
गृहकार्य नगर्दामा
भयाे छट्पटी
पढ्न बस्ने बानी छैन
मेराे हत्पति।
अरू कुरा सबै मलाई
राम्रै लाग्दछ
पढ्न पर्याे भने मात्रै
जाँगर भाग्दछ।
यताउता सबै जना
देखें पढेकाे
मैलेमात्र रहेछ नि
अल्छी गरेकाे।
अल्छीपन त्यागी आजै
लेख्न थाल्दछु
गृहकार्य सकाएरै
मात्र खेल्दछु।