
उर्मिला त्रिपाठी पन्त
गोलो गोलो चन्द्रमा
माथि पुग्यौ कसरी
हात छैन गोडा छैन
हिंड्छौं तिमी कसरी
सानो सानो चन्द्रमा
ठूलो बन्यौ कसरी
आफ्नो आकार फेर्दै फेर्दै
गोलो बन्यौ कसरी
कहिलेकाहीँ आकाशबाट
हराउँछौं कसरी
फेरि त्यही आकाशमा
पुग्यौ तिमी कसरी
राती राती आकाशमा
पुग्यौ तिमी कसरी
गोलो गोलो चन्द्रमा
पुग्यौ तिमी कसरी ?





