फेसबुक कवि
“घ्वाईं घ्वाईं” गजधुम्म परेर,
पिंढी दलान बसेकाे,
घ्वाईं घ्वाईं घुमेर,
पिठाे च्याँख्ला खसेकाे ।
जीउ गाेलाे गाेलाे छ,
मुख गाेलाे गाेलाे छ,
हाताेलाई ठाेक्ने,
लाेहाेराे नि गाेलाे छ ।
घुमाइदिएँ मैले नि,
घ्वाईं घ्वाईं करायाे,
घ्वाईं घ्वाईं सुनेर,
सानाे भाइ डरायाे ।
दाँत यसकाे कता छ,
जिब्राे खै कता छ,
सिङ हाेकि पुच्छर,
मानी फलाम कडा छ ।
गाेलाेगाेलाे मुख छ,
खान्छ अन्न अाेइराे,
घ्वाईं घ्वाईं घुमाउँदा,
च्याँख्ला पिठाे पहिराे ।
थाेरै अोइराे हालेकाे,
घुमाउनै गाराे भाे,
धेरै हाली घुमाएँ,
गेडा गेडै खसाल्याे ।
छाेडिददिएँ धुमाउन,
घ्वाईं घ्वाई चुप भाे,
पिठाे च्याँख्ला पहिराे,
खस्नेकाम बन्द भाे ।
भएँ असिनपसिन,
घुमाउनै गाराे भाे,
जाँताे नाम रे गाेलेकाे,
घरघर साथी याे।