चलन


तुलसी पण्डित

के ऊ उहीँ हो त। गुरु बलदेवले आँखा मिच्दै हेर्नुभयो । हो उहीँ नै हो । किन मलाई उसले पुलुक्क हेरेर मुन्टो फर्कायो। शिष्टाचार पनि गरेन । न गुरु सञ्चै हुनुहुन्छ भनेर सोध्यो । सायद ऊ यो बैंकमा पैसा निकाल्न आएको होला ।
उहाँले सम्झन थाल्नु भयो । यो गरीव विद्यार्थी हो । पढ्न तेज थियो । कक्षाको प्रथम विद्यार्थी । गरीव भएको कारण ऊ ट्यूसन पढ्न पनि सक्दैनथ्यो । सबै विद्यार्थी म सँग गणित पढ्न आउथे।
“बाबु तिमी किन पढ्न न आएको । एस इइको जाँच दिने बेला भै सक्यो ?”
“सर मेरो बाबासँग ट्युसन पढाउने पैसा नै छैन रे ।”
“आउ पढ म तिमीलाई ट्युसन पढेको पैसा लिन्न ?”
“हुन्छ सर । म भोलि देखि आउछु ।”
अरु बेलामा पनि किताब कापी छैन भन्थ्यो । मैले किन्नको लागि पैसा दिन्थे । भ्रमण जाने बेलामा पनि पैसा दिएको हो।
अहिले ऊ कुनै अपिसको अधिकृत छ। किन आजकल आफूले पढाएका चेलाहरु गुरुसँग बोल्दैनन् ? देखे पनि न देखे झैं गर्ने । अझ कतिले त दुर्वाच्य बोलेर अनादार पनि गर्ने गर्छन् गुरु बलदेवले के सोच्नु भो कुन्नि । एक्कासी विद्यार्थीको अगाडि गएर भन्नुभयो।
“नमस्कार चेला सञ्चै छौ ?” ऊ एक्कासी हड्बडायो ।
“न आत्तिय बाबु , आजकलको चलन यस्तै छ रे ।”