
शान्ता तिम्सिना
भक्तपुर
कलेजको पहिलो दिन संयोगले मेलिनाको भेट जीवन सँग भएको थियो । कलेज आउने जने क्रममा उनीहरुको सामिप्यता बढ्दै गएको थियो । केही समय एकले अर्कालाई नदेख्दा केही हराएजस्तो, केही गुमाएजस्तो महशुस गर्न थालेका थिए उनीहरुले।
समय बित्दै गयो । माया पिरतिका मिठा, मिठा भावनाहरु साटासाटमै ब्यस्त हुन थाले उनीहरु । एक आपसमा छुट्टीएर बाच्न नसक्ने भए । गाउँघर समाज कलेजमा उनीहरु दुई बिचको सम्बन्धको बारेमा चर्चा हुन थालिसकेको थियो। अचानक मेलिनको घरमा बिहेको कुरा चल्यो। अस्पतालमा कार्यरत डाक्टर थिए , उनी । परिवारको सल्लाह अनुसार भोलि टिकाटाला गर्न आउने कुरा जीवन लाई सुनाइन् । एम. डि .गरेको , आर्थिक पनि राम्रो , मन्छे नि सुन्दर परिवार सबै खुसी छन तर म खुसी छैन जीवन ।
मेलिनाको बिबस मुहार राम्ररी नियाले उनले । उनको बोलिमा सधैँ हाँसो हुन्थ्यो तर आज चिन्ता मिश्रित बोली थियो उनमको ।
खुसी र सुखी हुन धन होइन मन मिल्नु पर्छ भन्ने निर्णय गरेर आफ्नो चोखो माया एक आपसमा समर्पण गर्ने निर्णय गरे उनीहरुले । भोलिपल्ट उनको घरमा टिकाटालाको तयारी हुँदै थियो । गाउँमा यता उता हल्ला सुनियो । जीवन र मेलिना त पोखरा पुगे अरे ।
यता मेलिनाका साथीहरू भन्दै थिए “आफ्नो जिवनसाथी चुन्ने अधिकार आफ्नो हुन्छ।”
उता परिवार भन्दै थिए- यसले त हाम्रो नाकै काटिदिई।





