
मधुसूदनप्रसाद घिमिरे
नाडीमा डाेराे बाध उठ उठ बाबु
डाेरा बाँध्नुे पैलै नै हात मुख धाेउ।
खलमल नुहाएर सफा सुग्धर हाेउ
चाड हाम्राे क्वाँटि खाने कुरा बुझि लेउ।
घरमा आका बाजेलाई सिदा दिनु पर्छ
चामल दाल ,ध्यु, नुन तरकारी नि पर्छ।
भिजाएकाे क्वाँटिलाई सिदा हाल्नु पर्छ
श्रद्धा पुर्वक बाहुनलाई दक्षिणा दिनु पर्छ।
रुझी भिजि काम ग-या झानिएकाे जिउ
सात थरि गेडा भिजाइ अलिकति धिउ।
गरम् गर्म मसलाले क्वाँटि मिठाे पार्छ
जिउमा भाका आलस्य र थकान नि भाग्छ।
तागा धारि जनै लाउछन् डोरा पनि लाउछन्
चाेखाे नीताे हविष्यान्न पैलाे दिन खान्छन्।
गाेसैँकुण्ड नदी खाेला सफा भए नुहाउँछन्
खरानी र तुलसी माटाे मन्त्र पढी नुहाउँछन्।
याे दिनकाे नामै यस्ताे ऋषि तर्पणि हाे रे
हाम्रा पुर्वजहरु प्रति श्रद्धा धेरै हाे रे।
सनातन धर्म मान्दा चाड अनेक थरि
शुरु भा छ बयासिकाे खुशी हाेउ फेरि।





