
घनश्याम रेग्मी
होस् बालापनको रक्षा
भविष्य हुन्छ रक्षित
नारा हो पर्वको
खास बालिकावर्ग लक्षित।।
कोपिला आजका
बढ्न पाए भने सुरक्षित
बन्नेछ आजको पुस्ता
भोलिनिम्ति सुसज्जित।।
जसरी फूलमा पानी
मलखाद समन्वय
घेरा बार सुरक्षाले
राम्रो भोलि छ निश्चय।।
लगानी आज शिक्षामा
भोलिको मार्ग खार्न हो
यो हाम्रो देश नेपाल
सौम्य समृद्ध पार्न हो।।
शिक्षाको ज्योति बालेर
अन्धकार हटाउने
खम्बा हौ देश बोकेर
सगौरव उठाउने।।
वैज्ञानिक हवस् सोच
बन कर्मठ उद्यमी
काँधमा देश यो बोक
हे मौरी हो परिश्रमी।।





