जीवन्त

तुलसी पण्डित

नरे झस्क्यो । चिच्यायो । आवेगमा आयो । के भइ रहेछ यस्तो । उसले सोच्यो । यो उनीहरुको लापरबाही हो। जङ्गल विनास गर्नु हुँदैनथ्यो । हेर त यत्रो बस्ती सलल बग्यो । कति धनजनको क्षति भयो।
ऊ अगाडि बढ्दै गयो। नदीमा विष राखेर माछा मारी रहेका । त्यहाँ माछा र विभिन्न जीवहरु पानी माथि तैरी रहेका थिए । यही भएर अहिले पहिलेको जस्तो माछाहरु पाइन छोडे । यसमा रोकथाम गरिएन भने देशमा खाद्य संकट आउनेछ।
ऊ अगाडि बढ्दै गयो। ओहो ! कति ठूलो युद्ध । बमबारुद , क्षेप्पास्र , मिसाइल हानि रहेका । यसले धनजनको साथै जङ्गल विनास भइ रहेको थियो । त्यसबाट आएका धुलो धुवाले वातावरणमा असर गरि रहेको । वातावरणमा आएको विनासले उत्पादनमा ह्रास आएको थियो । अनाज उत्पादन न हुनाले जतासुकै हाहाकार मात्र । उसले सोच्यो यसको असर त सबैलाई पर्छ होलानी ?
ऊ अगाडि बढ्दै गयो । समुन्द्र तिर नजर लगायो । त्यहाँ बढेमानको ह्वेल माछा किनारमा छट्पटी रहेको थियो।
“होइन तिमी यति ठूलो जीवलाई पनि के भयो । छट्पटाइ रहेछौ ?” “मान्छे उन्मत्त भए नि । जमिनमा त लडे लडे, पानीमा पनि लड्न थाले । पानीमा पनडुब्बीबाट मिसाइल तोप हान्न थाले । यसले वातावरणमा असर गर्यो । त्यसैको परिणाम मेरो यो अवस्था भयो।”
नरेले आत्तिदै भन्यो। “मान्छे किन सोच्दैन अझै ?”
“विनास काले विपरित बुद्धि भन्छन् । अब यही कारणले वातावरणमा प्रतिकुल असर पर्ने भयो । अनि यसको असरले मानिस लगायत हरेक जीव र वनस्पतिको विनास हुनेछ । अझ नदीमा बमवारुद पड्काउने विष राख्ने । ताल पोखरी पुर्नेहरुको विनास पनि नजिकिदै छ ।”
ऊ झलास्य व्यूँझ्यो र चिच्यायो । उसले आफूले पुर्न लागेको ठूलो पोखरी तिर दृष्टि लगाउदै भन्यो ।
“ए त्यो सिमसार ताल न पुर । अब प्यलटिङ् गर्ने होइन । त्यो जीवन्त रहोस् ।”