ठुला गुरु


निरज काेइराला

“ओहाे! महेश कता पुगेर आयाै? बाटाछेउ बारीमा तुलफूलमा मलजल गर्दै गरेकाे उमेशले सँगै पढेकाे साथी महेशलाई देखेर साेध्याे।
महेशले भने “गुरु ज्ञान लिन । अचेल गतिला गुरु नै पाइन्नन्। आज गुरु पुर्णिमा यसाे विद्यालय, विश्वविद्यालय गएर आशीर्वाद लिएर आएकाे।”
उमेशले प्रसङ्ग बदलेर साेधे, “अनि तिम्री आमा चैँ कता हुनुहुन्छ नि?”
महेशले सहजै भने, “मैले त बृद्धाश्रममा राखेकाे छु ढुक्क छ। अनि तिमी के साह्रै ब्यस्त भएकाे ? आज गुरु पर्णिमा गुरु ज्ञान लिनु पर्दैन?”
उमेशले भने, “खै, कतै जान भ्याइन, घरमै आमाबाकाे स्याहारसुसार गरेँ अनि प्रकृतिसँग ज्ञान लिँदै रमाउँदै छु। मैले त आमाबा र प्रकृतिभन्दा ठुलाे गुरु नै भेटेकाे छैन।”