
डा.छायादत्त न्याैपाने
मुस्कुराउने बानी रैछ
बगैँचाका फूलहरू
गुँड लाउने सिप रैछ
भुर्र भुर्र चराहरू
श्रम गर्ने बानी रैछ
कमिला र मौरीहरू
हरिया ती वनबुटा
डालीपात रुखहरू
फुर्रफुर्र नाच्ने जाँगर
पुतली र डाँफेहरू
मिली बस्ने सज्जन रैछ
पशुपन्छी साथीहरू
रङ्गी चङ्गी रूप रैछ
सयौँ सयौँ फूलहरू
गुनगुने मान्छे रैछ
लाेकभाका स्वरहरू !





