“तस्बिर”

205

हिमा आर.सी

“तिमीले त राम्रो तस्बिर कोर्दा रहेछौं आहा कति राम्रो ” हिड्दै गरेका ती व्यक्तिले भने , “अँ कोर्छु ” रवीले ती व्यक्तिलाई जवाफ दियो । ती व्यक्ति त्यहाँबाट गए । उसले त्यहीँ ठाउँमा बसेर धेरै तस्बिर कोरेको थियो । तर कसैले वास्ता गरेका थिएनन् । आज अचानक ती व्यक्तिले आफ्नो चित्रलाई राम्रो छ भन्दा रवीलाई अझै तस्बिर कोर्ने हौसला बढ्यो । रवीलाई एउटा कार्यक्रमले बोलाइयो । रवीले त्यहीँ तस्बिर लिएर गयो । सबैले तस्बिरको प्रसंसा गरे”तिम्रो तस्बिर राम्रो लागेर मैले बोलाएको ।” यो सुनेपछि उसले पछाडि फर्केर हेर्यो। उनी अघि भेटिएका अपरिचित व्यक्ति थिए । उनलेे आफ्नो परिचय दिँदै भने “म प्रकाश तिमीले कोरेको तस्बिर कसको तिमीलाई थाहा छ”?


उनको कुरा सकेपछि उसले भन्यो। अँ..हँ…! थाहा छैन प्राय: म मस्तिष्कमा आएका तस्बिरहरूलाई मात्र कोर्छु , मैले यो । तस्बिर पनि कोर्छु भनेर कोरेको होइन कोर्दै गर्दा यस्तो बन्यो ।”
प्रकाशले भने ,” तिमीले तस्बिरमा एउटा कुरा छुटाए छौ, ” ” कुन कुरा ” उसले प्रश्न गर्यो । प्रकाशले कार्यक्रममा भएको ठूलो तस्बिर देखाउदै भने त्यो हातमा भएको किताब। ”
त्यहाँ भएको तस्बिरको अनुहार र उसले कोरको अनुहार उस्ता उस्तै थियो । किताबमा रामायण लेखिएको थियो । रामायण उसले पढेको थियो । रामायण लेख्ने भानुभक्त हुन भन्ने थाहा पाएपछि रवी खुसी भयो ।