निमा गुरूआमा ५ कक्षामा गणित बिषय पढाउँदै हुनुहुन्थ्यो। वहाँले विद्यार्थीलाई एक र पाँच औंलामा कुनको बढी तौल हुन्छ भनी प्रश्न गर्नुभयो। सबैले पाँच भनी उत्तर दिए तर उपमाले एक भनी उत्तर दिइन।गुरूआमालाई सबैले प्रश्न नबुझे झैं लाग्यो, उहाँले फेरि बुझाउँदै -गुरूआमा-“नानी हो एकातिर पाँच वटा सुन्तला अर्कोतिर एकवटा कुन गह्रौँ हुन्छ ?”
उपमा:-“एक म्याम”
गुरूआमा:(आश्चर्य चकित भएर)”कसरी उपमा?”
उपमा:-“गुरूआमा! मेरो हजुरआमाका ५ जना छोरा । हजुरबुबा बच्चा सानैहुँदा बित्नु भा रे! सबै छोराहरूलाई एक्लै हेर्नु भाथ्यो रे हाम्री हजुरआमाले। अहिले हजुरआमा बुढी हुनुभाछ। हजुरआमालाई सबैले दुई -दुई महिना पाल्ने भनेर वहाँ कै छोराहरूले भाग लगाउनुभएको छ। अनि पाँच भन्दा एकको तौल बढी भएन त गुरूआमा ?”उपमाका आँखाबाट अनायसै आँसु तप्किन्छन्।
उपमाका कुरामा दम देखेर होला गुरूआमा पछाडि फर्केर आँसु पुछ्नुहुन्छ। वहाँलाई एक भन्दा पाँच बढी बताउन पनि निकै कठिन महशुस भएको छ।