दसैं


विके माकजु
भक्तपुर

हाम्रो हो गर्व
चाड विजया दसैं
ठूलो हो पर्व

सर्वसम्मत
हामी राख्छौँ जमरा
सर्वप्रथम

ततः पश्चात
फूल, पाती भित्रिन्छ
दसैंको सात

भावभक्तिले
अष्टमी पूजा गर्छौँ
यथाशक्तिले

विशेष भनी
कालरात्री पुज्दछौंँ
महानवमी

भवानी भाकी
नौ रातसम्म पुज्छौँ
जमरा राखी

मान्ने जसै हो
गच्छे अनुसारले
दशौँ दसैं हो

चाड राम्रो हो
मान्छौँ महान पर्व
दसैं हाम्रो हो ।