“पश्चाताप”


माहेश्वरी भट्ट

देख्छ्याै पक्कै, मनविच आहा, भावना उर्लिएकाे।
हाँस्दै बोल्दै, स्नेह ममता, प्रेमले कुर्लिएकाे।।
छाती तिम्रै, सरस मनकाे, स्नेहकाे दिव्य खानी।
काख न्यानाे, अतुल ममता , हुन्छ तिम्रै सिरानी ।।

हाँस्दै आमा, मन-वचनले, स्नेहकाे जाल भित्र।
काखी च्यापी, गुटुमुटु गरी, तिमी राख्छ्याै पवित्र।।
सुम्पी आफ्नो, जीवन पुरै, स्वच्छ मन खुलाई ।
हाँसी रम्छ्याै, शिशुकै सुखमा, पुष्प नाैलाे फुलाई ।।

तिम्राे सारा, प्रणय जिती, बालापनलाै पछारी।
झण्डा गाड्दै, हृदय रहमा, टाढिन पुग्छ पारी ।।
चरा जस्तै,चिरबिर गरी, नाचदै उड्छ माथि।
उड्दै भाग्या , पर पर कतै, छैन तिम्राे त्यो साथी ।।

बाटाे कुर्दै, दिन दिन कठै, आशले पर्खिदै छाै।
उड्न थाल्याे, ढुकढुकी मनकाे, त्रासले झस्किदैछाै ।।
आगाे बाली, हृदयभर नै , ठान्दछ्याै स्नेह राप।
गर्छ्याै आमा, सकल हृदयले, खिन्नता पश्चताप ।।