
रम्भा पौडेल
चन्द्रागिरि ७
वाणस्थली काठमाडौं
आमा हामी घुम्न नगएको धेरै दिन भयो नी । सविताले आमा तिर फर्केर आश्चर्य जनाउदै भनि । के आश्चर्य भयो रु घुम्न नगएर । आमाले जवाफ फर्काइन । भयो नी । बेला बेला घुम्न जानु पर्छ रे ,हाम्रो दिमागलाई तााजा बनाउन । हाम्रो स्वास्थ्यलाई राम्रो बनाउन घुमफिर आवश्यक छ । हाम्रो स्कुलको गुरुआमाले भन्नुभाको । हामीले हाम्रो स्वास्थ्य भन्ने पाठमा पढेको हो नी । हाम्रो जीवनलाई स्वस्थ र राम्रो बनाउन हामीले खाना ,ब्यायामका साथै नयाँ नयाँ ठाउँहरु पनि घुम्नु पर्छ रे ।
हाम्रो पाठमा आहार र बिहार भनेर लेखेको छ नी आमा । बिहार भनेको घुम्ने हो रे । सविताले दोहोरयाई । हजुरले श्रबण कुमारको कथा सुन्नु भएको छ ? बुढो उमेरमा पनि घुमाएको कथा छ नी । उसले आमा तिर प्रश्न गरि । भो भो धेरै जान्ने नभइ । मलाइ सबै थाहा छ । आमाले जवाफ फर्काइन । ल हिड न त आज पशुपतिनाथको दर्शन गर्न जाऊ । छोरीको जिद्घिलाई आमाले स्वीकार गरिन् । उनीहरु पशुपतिनाथको दर्शनमा निस्किए । मन्दिरको बरिपरि घुमेर उनीहरुले मुल ढोकाबाट पुजा गरे । अनि उनीहरु बाग्मति नदी किनार हुदै बाहिर निस्कदै थिए । नराम्रो र्दुगन्ध सविताको नाकमा ठोक्कियो । सविताले आमाको हातमा समातेर घिसार्दै भनि आमा छिटो यहाँबाट निस्कौ । मिसले भन्नुभएको यस्तो दुगन्धले हामीलाई नोक्सानी गर्छ रे ।





