
प्रशन्न श्रेष्ठ
कक्षाः ६
ड्याफोडिल बोडिॅङ स्कूल
कपन, काठमाडौं
सानो बालक हुँ म आज
भोलि ठूलो हुनेछु
देशको नाम राख्ने काम
म पनि त गनेॅछु।
पढीलेखी शिक्षितभै
जिम्मेवार नागरिक बन्नेछु
नेपाली हुँ म भन्दै
विश्वभरि नेपाल चिनाउँनेछु।
आमाभन्दा महान देशलाई
म माली बनी स्याहानेॅ छु
आफ्नो लागिमात्रै हैन
म देशको लागि बाँच्नेछु।





