“नदी बाढी बस्ती र प्रकृति”


अरूणा काेईराला

नथुन बाटाहरू मेरा
म खुल्ला छु
सक्छु हुत्याई दिन
अव्यवस्थित बस्ती बस्तीहरूलाई
छेकवार लगाउनेहरू
तिमीहरूको हुर्मत लिन सक्छु
म राेकिन्न राेकिन्न
म त बगिरहन्छु अनन्त सम्म
सभ्यता सिर्जना गर्ने म
प्रकृति जन्माउने म
तिमी क्रुर असभ्य भए जस्तै
म पनि असभ्य बन्न सक्छु ।।
न विर्स तिम्रा पूर्खाहरूलाई
न विर्स ओडार र गुफाको जीवनयात्रालाई
न विर्स जंगली जनावरको यात्रालाई
हाेशियार,
चाैडा सडक , गगनचुम्बी भवनहरूलाई
तिम्रा शताब्दी शताब्दीका कृत्रिम बनाेटहरू
पलभरमा ध्वस्त हुन्छन्
तिमी असभ्य हुँदा
म पनि त असभ्य हुन सक्छु।