
धनसिंह विश्व
सीता सधैँ स्कूलबाट घर आएपछि हात मुख धोएर केही खानेकुराहरू खान्छिन् अनि आफ्नी आमासँग मिठो मिठो कुराकानी गर्छिन्। कहिले आमालाई काम सघाउँछिन् भने कहिलेकाही बगैँचामा खेल्न रुचाउँछिन्। एकदिन आफ्नो बगैँचामा रंगी बिरगी पुतलीहरुलाई देखिन्। पुतली पक्रनुको लागि पुतलीको पछि पछि भागिन् तर हाता परेन। सीताले सोंचिन् ‘आखिर मेरो पनि पुतलीहरुका जस्तै पखेटा हुँदो हो त कति माथि माथि आकाशमा उड्ने थिएँ’। दुबै हात उचालेर उफ्रन्छिन् तर उड्न भने सकिनन्। हेर्दा हेर्दै ऋतु परिवर्तन भयो। फूलको पातहरुमा ठ्याम्मै अण्डाहरु टाँसिएका थिए। केही दिन पछि त्यहाँबाट झुसिले कीराहरु थुप्रै निस्किए। सीताले डरलाग्दा कीराहरु देखेर बगैंचामा जानै छाडिदिन्। केही दिन पछि फेरी ती कीराहरु सबै रंगी-चंगी पुतलीहरु भएर एकाएक गर्दै फुर्र फुर्र उडेन थाले। सीताले त्यस बेला भने एउटा पुतली पक्रिन् र काँचको बट्टामा राखेर घर लिएर आइन्। त्यो देखेर आमाले कराउँदै भनिन्, “किन पक्रेको ? अब त्यो पुतली मर्छ। पाप लाग्छ नानी। बाहिर लगेर छाडिदेऊ। सीताले पुतली लुकाउँदै भनिन्, “आमा! पाप लाग्छ भने बेलुका बत्तीमा आएको पुतलीहरु किन मार्नु भएको ?





