“नाग पञ्चमी”


मधुसूदनप्रसाद घिमिरे

नाग टास्न बाहुन आए
कागजकाे नाग ल्याए
नाग भन्या काे हाे साेधे
बाहुनले अर्थ लाए

जलका देवता थलका देवता
सर्प जाति नाग
मुख्य यिनी आठ वटा
पूजिएका छन् खास

अगस्त्यस्च पुलस्त्यस्च
मन्त्र पढी हामी
ढाेका दैला मन्दिरमा
नाग टाँस्ने बानी

विश्वास छ हामीहरुकाे
बिध्न बाधा हट्छ
चट्टयाङ् र आगलागि
आपत बिपत् टर्छ

धन दिने नाग राज
मिहिनेत गर्नेलाई
अल्छि गरि बसे भने
कामै छैन भाइ

खेती पाति गर्नेठाँउ
नाग पूजा गराैँ
एकापसि बिश्वासमा
हामी अघि बढाैँ ।