‘नाच्न सिकेँ मैले’


पुण्यप्रसाद घिमिरे
बैत्यश्वर, ६, दोलखा

एक दुई खुट्टा चाली,
अधि सरेँ मैले,
एक दुई गन्ती गर्दै,
पछि सरेँ मैले।

ताल मिलाइ अघि सरेँ,
पछि सर्रे मैले,
चाल मिलाइ फननन,
घुम्ने गरेँ मैले।

हस्त मुद्रा मिलाएर,
भाव पोखेँ मैले,
खुट्टा जीउः मिलाएर,
उठेँ बसेँ मैले।

घाँटीलाई चलाएर,
शिरभेद गरेँ मैले,
तालमाा उठ्ने बस्ने,
निमेक गरेँ मैले।

कुमलाई दायाँ बायाँ,
झुकी लच्काएँ मैले,
ठ्याम ठ्याम मिलाएर,
ताली पड्काएँ मैले।

कम्मरलाई दायाँ बायाँ,
भाँच्न सिके मैले,
गीत पनि गुन्गुनउँदै,
नाच्न सिके मैले।