
सुरेशकुमार पाण्डे
दाङ घोराही १८
“अडर अडर !”- जज् साहेबले टेबुलमा काठको घन बचार्दै भने। चारैतर्फ सन्नाटा छायो। क्षणभर कुनैपनि च्यूईँक्क बोलेनन्। “योर आनन्द ! प्रमोद नाबालिग छ। उसलाई आफूले के गर्यो र त्यसको परिणाम के होला भन्नेबारे जानकारी नै छैन।”- वकलिले केही प्रमाण जजको मेचमा राख्दै भने। हलमा फेरी कानेखुसी सुरूभयो । कसैले आपसमा विस्तारै फत्फताउन थाले। ” मिनोट ! यदि अपराधीलाई सधैँ कुनै न कुनै बहानामा छाड्ने हो भने अपराध दिनौँ बढ्दै जानेछन्। उसले एउटा जघन्य अपराध गरेको छ। उसलाई सजाए हुनुपर्छ।”- सरकारी व़किल सविनले आफ्नो पक्ष राख्दै भने। ” मेरो मित्र सरकारी व़किल सविन साहेद आवेसमा आएर दलिल दिँदै हुनुहुन्छ। कानुनको कुनै धाराले पनि नावालिगलाई सजाए दिँदैन। कलिलो उमेरमा उसलाई जेलमा राखियो भने उसको पुरै भविष्य खराब हुन्छ। कानुन कसैको भविष्य बनाउनुमा प्रयोग गर्नुपर्छ खराब गर्नमा होईन। “- प्रमोद पक्षको व़किलले भने। “जसले अपराध गर्यो यस्ता ब्यक्तिहरूलाई समाजमा खुला छाड्यौँ भने समाज सुरक्षित रहने छैन्। यस्ता अपराधीलाई सक्त सजाए हुनुपर्छ। अपराधी नाबालिग हुँदैनन् मात्र अपराधी हुन्छन्।”-सविनले आफ्नो दलिलमा भने। ” योर आनन्द ! मेरो मित्र सविनलाई साहेद यो थाहा छैन जसलाई अपराधी भनिरहनु भएको छ उनी नाबालिग मात्र होइनन् मानसिक रूपमा पिडित पनि छन् यो डाक्टरी रिपोर्ट ।”- प्रमोदका व़किलले आर्को फाईल जजतर्फ सरकाउँदै भने। “यो अदालतको कार्वाही केही दिनका लागि स्थगित गरियो।”- जजले फाइल पढेपछि तेत्ती भनेर उठे।





