“न्याय”


लक्ष्मी रेग्मी खनाल
वालिङ् स्याङ्जा

आमा म टिउसन सकेर फर्किएकी थिएँ।
त्यहि बेला मेरा कक्षाका साथी उनी भेटिए।।
भन्न थाले हिड्न आज जाउँ कतै घुम्न।
त्यहि बेला थ्यो आकाशमा कालो बादल धुम्म।।
मीठा मीठा कुरा उनका म क्यारी भुलि छु।
पत्तै पाइन म उनको साथमा जङ्गलमा डुलिछु।।
कति  रमाइला र रोचक उनका मनका कुरा।
झस्किए म उनले गराैँ मनका इच्छा पुरा।।
नडराउ के लाटी भन्दै चक्लेट खान दिए।
घरिघरि होसमा आउँदा देखे उनका साथी पनि थिए।।
दुखेको थ्यो आमा मलाई पिडा भो अधिक।
रुँदै चिच्याउँदै भनेकी थे नआउ मेरो नजिक।।
घरि घरि सुन्थे सल्लाह उनको मार्दिउ यसलाई बरु।
यदि बाँचे चलाउछे मुद्दा  उम्कने उपाए छैन अरु।।
दश बर्ष पहिले भाइ गुमाउँदा म थिएँ साहरा।
दैब लाग्यो म पनि भए आमा व्वाँसाको आहारा।।
लक्ष्य थियो डाक्टर बन्ने , सेवा गर्ने असाहायको।
कहाँ पुरा हुन्छ र आमा यो मनले चिताएको।।
प्रदेशी बाबाले लास देख्दा क्यारी थाम्लान मन।
बुढेसकालको भाँचियो लाैरी छैन आफ्नो पन।।
निर्मला, भागिरथी र सुनिशा जस्तै म पनि भएँ।
पाउँदिनाै न्याय तिमीले आमा न्यायलयमा न गएँ।।
कण्डमको प्रयोग थाहा छ तर बालकै छन् भन्लान।
मेरै चरित्रमा औँला उठाउँदै इतिहास खोत्लान।।
माफ गरिदेउ आमा मलाई तिम्रो रित्तै भयो काख।
थुकेर, कुचेर आर्यघाटमा जलाई दिनु लास ।।