
लक्ष्मी रेग्मी खनाल
वालिङ् स्याङ्जा
“अहिले त ठीकै छ्यौ , होइन ?” सासूको आवाज चर्कियो । “अँ ,” अनुशाले बिस्तारै भनिन् । पेटको टाँका पोलिरहेकै थियो । “हाम्रो छोरीको पनि त दुई महिना अघि बच्चा भयो, नर्मल ! न्वारानकै भोलिपल्ट बाट खाना पकाएकी थिईन् । तिमी चाहिँ अझै ओछ्यानमै !” अनुशाले ओठ टोकिन् । उनलाई सम्झना आयो— श्रीमान बहिनीको डेलिभरी पछि अस्पतालमा रातभरि बसेका थिए । सासूले महिनौँसम्म उनलाई केही गर्न दिइनन् । तर आफ्नै शरीर चिर्दा खेरी चाहिँ उनलाई सान्त्वना दिने कोही थिएन। “आमा, अपरेसन भयो भने त चाँडै निको हुँदैन नि !” उनले सुस्तरी भनिन् । “ए, हामीलाई थाहा छैन जस्तो गर्छ्यौ !” यस्ता जाबा छोराछोरी कुकुरले नि ! पाउँछ” हामी बेशीको खेती भिरको घाँसदाउरा गरेकै हो । न भोकमा खान पाइयो । न कसैले कस्तो छ भनेर सोधे ? खै हामी जिउँदै छम क्यारे! यी चाहिँ सधैँ स्याहार खोज्छिन् !” अनुशाले आँखाभरि आँसु पारिन् । आमा हिजोका दिनहरु निकै कष्टकर थिए रे ! सबैलाई दुखै हुन्थ्यो होला । तर अहिले समय अलिकति फेरिएको छ नि ! स्वास्थ्य सुबिधा धैरे छन् । भएको प्रविधिको प्रयोग गर्नु पर्यो होइन र ? छोरीबाट बुहारी बनेर आएको दिनदेखि उनको पीडा, उनको दुःख, उनको पीडाको आवाज पनि सिमानाबद्ध थियो ।” अनुशाका श्रीमानले रिसाउदै भने , “तिमी कति जान्नी भएकी” । आमाले छ, सात वटा बच्चालाई जन्माएर हुर्काएको मान्छेसँग । अनुशाकी नन्द नजिकै बाट सबै सुन्दै थिइन । उनलेे भनिन- हैन कति रडाको हो । सबैको शरिर कहाँ एउटै हुन्छ र ? होला भाउजूलाई गाह्रो भएको । केहिदिन माइतीघर गएर आराम गरेर आउनुहुन्छ । बाहिर अनुशाको छोरी सुतिरहेकी थिईन् । ऊ ठूली हुँदा आमा बन्नेछे। अनि अनुशाले सोचिन्— छोरी भएर बुहारी हुनुको पीडा ऊ नबुझोस् ।





