कविता “पुसे जाडो” By सारथि बाल पत्रिका - January 22, 2024 231 Share Facebook Twitter WhatsApp नरिश्वर गौतम यो पुषको महिना दिन जाडो यामको लुकामारी चल्दैछ बादल र घामको ।। छिनमै लाग्छ घाम छिनमै बादल डम्म हेर्दै यिनको खेल पर्छु म त अचम्म ।। डाँडापाखा हिमालमा परेछ हिउँ फुरुरु हटिजाऊ न बादल काँप्यो नि जिउ थुरुरु ।।