‘पुस्तक’

गाउँखाने बाल कविता

 

पुण्यप्रसाद घिमिरे

हात खुट्टा छैनन्,
बस्छु झोलाभित्र,
हेक्काराखी पढ्यौभने,
बन्छु तिम्रो मित्र।

अभ्यास र उदाहरण,
कतै कतै चित्र,
जानिराख बाबुनानी,
पुस्तक म हूँ मित्र।

सानो सानो विश्वभित्र,
बाह्रओटा देश,
बाह्रओटा देशभित्र,
तीन जनाको रेस।

टिक टिक आवाजमा,
समय भाषा वेश,
सेकेण्ड मिनेट घण्टामा,
घडी परिवेश।

सानो चट्ट टाउको छ,
लामघारे जीऊ,
मोटाउँदैन कहिल्यै त्यो,
खान्छ सधै घिऊ।

ठेकीभित्र घार्र घुरर्,
झिक्छ उही निऊँ,
मदानी यसको नाम,
उत्तर म के दिउँ।

शरीर पनि सानै,
झनसानो मुख,
आवाज पड्किएमा
अरुलाई दःुख।

के हो त उत्तर,
साथी भाइ सोच,
उत्तर हो बन्दुक,
चरी पर लुक।