“प्रकृति”

140

शुक्रराज कुँवर
धरान १०

आहा ,हिमालका टाकुरीमा
सूर्यका किरण छरिए
साँझ पखको बेला
लाली रङले भरिए
लट्ठ परी हेरी रहेँ म त भएर एकतमास
हेर्दा हेर्दै उडन थाल्यो लाली रङ
छाडेर गयो मनमा सुन्दर आभास
सूर्य अस्ताए छन् पश्चिममा
चन्द्र उदाए पूर्व
चाँदी जस्तै टल्कियो हिमाल
जब पर्यो चन्द्र प्रकाश
यो के भयो रनभुल्ल भएँ म त
हेर्दा हेर्दैको लाली रङ
खै कता विलायो
अघिसम्म थियो तातो
चिसो कसरी पलायो ?
केही छिन अघि
हिमालको अर्कै रुप हेरियो
रात परे पछि
रुप कसरी फेरियो ?
छेउमा हुनुहुन्थ्यो बाबा
दिनुभयो मलाई ज्ञान
पकृति हो नियममा चल्छ
तिमी यो मान
चोला फेर्छिन प्रकृति
समय अन्सार
यसरी नै चल्छ
विचित्र संसार ।