
शारदा दहाल
बेलबारी -९ मोरङ
“एइ खेताला हो आओ है धान रोप्न!”
“जाऊँ है जाऊँ।”
नौमती बाजा बजाएर सयौँको संख्यामा भद्रहरुले एक्काइसौँ धान दिवस मनाए।
दहीचिउरामा रमाएर अझै भब्य बनाए।
जनप्रतिनिधि ,दलका प्रतिनिधि लगायत सम्पूर्ण संघसंस्थाले ऐक्यबद्धता जनाएको त्यो असार पन्ध्रे माहोलमा पत्रकारले माइक तेर्स्याउँदै सोधे,”नगर प्रमुख ज्यू ! एक्काइसौँ धान दिवस मनाइसकिएको छ नेपालमा ! उत्पादनमा कुनै प्रगति छ ?”
“त्यो त किसानमा भर पर्छ?”
“पालिकामा बर्षेनी धानदिवस मनाउने बजेटको प्रतिफल ?”
“समग्रमा भन्नुपर्दा घाटा छ ।”
अनि दिवसको औचित्य ?”
“यो त देखाउनै पर्यो नि ! यसकै प्रतिस्पर्धा छ नयाँ नेपालमा ।”





