निरज काेइराला
छाेटुले स्ट्याटस लेख्याे, “म जसका लागि ज्यान बनाइरहेकाे थिएँ ऊ कसैकी बुढी बनेर गइ के गरूँ !!!” धेरैले, “कठै बरी बिचरा !!” भनेर निरासा बढाइरहेका थिए ।
उसकाे साथी किसुनजीने कमेन्टमा लेखे, ” पीर नलिनू मित्र, अर्की पनि पाइन्छ ।” छाेटुले जवाफ फर्कायाे, “प्रेम एकसँग हुन्छ हजारसँग हाेइन । प्रेम एक पटक हुन्छ पटक पटक हाेइन !”
किसुनजी नाजवाफ भए । साेचिरहेका थिए, “अब के गरूँ ?”
केही बेरमा लेख्न खाेजेका थिए छाेटुकाे गुरुजीले लेखेकाे कमेन्टमा नजर पर्याे । जुन कमेन्टकाे छाेटुले प्रेम संकेत गरेकाे प्रतिक्रिया दिएकाे थियाे ।
गुरुजी ने लेखेका थिए,
“प्रेम सबैलाई गर्नुपर्दछ एउटालाई हाेइन, प्रेम सधैँभरी गर्नुपर्दछ एक पटक हाेइन, सबैभन्दा धेरै प्रेम आफैंलाई गर्नुपर्दछ ।”