फूलको थुङ्गा

विवेक शर्मा गौतम
टोखा काठमाण्डौ

धेरै पटक मुक्का हानाहान भयो। एक अर्कालाई भुत्ल्याए । खुइल्याए। एक अर्कालाई नाङ्गेझार पार्ने काम गरे।
भमराले मौरीलाई फूलमा बस्न नहिने भनेर फूलका थुङ्गाहरु समक्ष प्रचारप्रसार गऱ्यो। माहुरी पनि के कम ? उनीहरुको काम र कृयाकलापले फूलाका थुङ्गाहरुलाई केहि सकारात्मक प्रभाव पऱ्यो। माहुरीको संख्या पनि वृद्धि हुदै गयो । फूलका थुङ्गाहरुले पटक पटक दुबैको कृयाकलाप र विशेषताहरु नियाले। भमरो र मौरीको उद्देश्य फरक थियो। फूलले दिएको मह भमरोले त्यहि खाएर सक्थ्यो। तर मौरीले भने संचितको लागि फूलले दिएको मह घरमा लैजानु पर्थ्यो । दुबैले अजिर्ण भएर बाँकि रहेको सन्तती लाई भनेर जम्मा गर्थे । भमरोले लुकाउँथ्यो । माहुरीले पनि आफू खान्थ्यो बाँकि रहेको देखाउँथ्यो। अनेक जात जाती रङी विरङ्गी फूल नै उनिहरुको मोज मस्ती गर्ने र बाँच्ने आधार थियो। उनीहरुले आ आफ्नो व्यवस्थाको बारेमा बखान गर्न थाले। न कुनै सिदान्त न कुनै आदर्श न कुनै नैतिकता, खाली व्यक्तिगत कुन्ठा रिसिवी जलन र डाहा मात्रा भएको कुरा थुङ्गाहरुले देखे, सुने। । दुखी गरीबमारा र साहु महाजन मारा भनेर एक अर्कामा आरोप प्रत्यारोप गरे।
छलफलबाट सबै कुरामा विमति भयो । तर एउटै कुरामा सहमति भयो। फूलको थुङ्गाले उत्पादन गरेको रस दुबैले संगै संगै खाने रमाउने अनि थुङ्गालाई सुकाउने ।