“फूलबारी”


रीतिका साहनी
कक्षाः ६
श्री संस्कृत तथा साधारण मा वि
रिडी गुल्मी

कति राम्रा फूल छन्,फुलबारीमा फुलेका
पुतालीले रस लान्छन्, माहुरी नि उडेका।

माहुरीले भि भि गर्छ, चराहरु चिँ चिँ
रङ्गी चङ्गी फूल रोपौँ हामीले पनि
दाजुले त गीत गाउँछन्,सानी बहिनी नाच्छिन्
मिलीजुली काम गरे, प्रकृति आमा हाँस्छिन्।

मादलुको ताल त घिन्ताङ्,घिन्ताङ् बज्नेछ
हामीले फूल रोप्यौँ भनेँ संसार नै सज्नेछ
फूलबारीको बास्ना त मेरै नजिक आउँछ
मलाई त ती फूलका रसले मोहित बनाउँछ।

कति राम्रा फूल छन, फूलबारीमा फुलेका
पुतलीले रस लान्छन्, माहुरी नी उडेका।