उद्धव प्याकुरेल उद्भाव
मेरो घरको बगैँचामा, फूल थरी थरी
पुतली र भमरा, घुम्छन् वरिपरि
पुतलीले फुरफुर गर्छ, भमराले भुनभुन
बगैँचामा रमाउँछु, नाच्दैँ घुम्दैँ छुनमुन ।
गोदावरी मखमली, सयपत्री फुल्छन्
कति राम्रा फूलहरू, आँखाभित्र डुल्छन्
आज हेर्दा कोपिला, छन् भोलि ढकमक
परपरसम्म छर्छन्, बास्ना मगमग ।
मेरो सानो फूलबारी, गोडमेल गर्छु
थरी थरी फूल रोपी, म त दङ्ग पर्छु
सुख्खा लागे पानी दिन्छु, कैले मल दिन्छु
फूल हेर्दै दङ्ग पर्दै, म आनन्द लिन्छु ।