
प्रेम वली ढकलपुरे
दाङ, हाल काठमाडौं
क्या जमाना आयो अब एआइेको
गयो जमाना हामी तपाईंको।
मास्टर पनि य्है बन्छ
डाक्टर पनि यही बन्छ
नातिको गृहकार्य
ट्युसन टिचरले भन्दा राम्रो यै भन्छ
तपाईँको पेट दुख्यो ?
के औषधी खाने यसैले भन्छ
तपाईँलाई कम्जोरी भयो ?
तपाईँको वैद्य पनि यही बन्छ
अब त तपाईँको शल्य कृया पनि यसैले गर्ने रे
चन्द्र लोक मात्र हैन ईन्द्रलोक खोजी पनि यसले गर्ने रे।
तपाईँलाई गर्ल फ्रेन्ड चाहियो ?
कसरी पट्ट्याउने यसैले बताइ दिन्छ
तपाईँले पट्ट्याउन सक्नु हुन्न ?
चिन्ता नगर्नुहोस्
अब त्यो पनि यसैले पट्ट्याइ दिन्छ।
तपाईँलाई बसको टिकट चाहियो कि प्लेनको
अब यसैले काटी दिन्छ
भारू चाहियो कि डलर यसैले साटीदिन्छ।
युद्ध पनि यसैले गर्ने रे सेनाको के काम
खेत पनि यसैले खन्ने रे बारी पनि यसैले जोत्ने रे
तपाइ हामी त बेकाम !
डा, मास्टर , इन्जिनियर एआइे भए पछि
अब नातिनीले पनि पढ्नु परेन
छोरा छोरीले पढ्न नपरे परे पछी
बाआमालाई पनि गृहकार्य गर भनेर लड्नु परेन।
अब त यस्तो दिन आउँला
हजुर बा खैत ? एआइे सित
अनी हजुर आमा नि ? एआइे सित
नाति कता गयो ? एआइे सित
सबै मान्छे घमै छन तर भेट कसैको हुँदैन
स्कूल जानु छैन जागिर खानु छैन लेट हुँदैन।
घरमा भेट घाट नै न भए पछी
नाति कत्रो भयो बाजेलाई के थाह ?
बाजे मरे कि जिउँदै छन नातिलाई के थाह ?
मान्छे मान्छे बिच भेट न भए पछि
मान्छेले बच्चा पनि कसरी पाउला ?
चिन्ताको कुरो
यो सृस्टि नै ठप्प हुने भए पछि
सृस्टि धान्न खै को आउला ?
कि यो काम पनि
यही एआइले नै पाउला ?





