रमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजुङ
कुहिराको घुम्टो ओढी मान्थ्यौ तिमी लाज
बन्दिपुरको सम्झनाले सताउँदै छ आज
गुरुङ्चेको डाँडाबाट तिमीलाई देखेँ
थानीमाईमा बसी जब यौटा गीत लेखेँ
त्यै दिनदेखि बस्यौ तिमी यो मुटुको माझ
बन्दिपुरको सम्झनाले सताउँदै छ आज
सुखौरा र तिन्धाराको झारगाउँ रानीवनको
पार्चे अनि बाहुन भन्ज्याङक घुमी एक फन्को
लगाइदिने मन छ तिम्लाई शिरमा नौलो ताज
बन्दिपुरको सम्झनाले सताउँदै छ आज
बन्दिपुरझैँ छैन अर्को …
छिनमै आकाश खुल्छ अनि छिनमै पर्छ पानी
बन्दिपुरझैँ छैन अर्को सौन्दर्यको खानी
नयाँ नयाँ घर छन् तर पुराना छन् कला
दिलकुमारीको दिलझैँ मीठो संस्कृति र गला
हेर्दा चट्ट प्यारो लाग्ने आँखाक हो नानी
बन्दिपुरझैँ छैन अर्को सौन्दर्यको खानी
डम्म हुस्सु लाग्दा साँझ परेजस्त हुन्छ
प्रकृतिले अनेक लीला गरेजस्तो हुन्छ
के दिऊँ तिम्लाई नाम भन्देऊ पहाडकी रानी
बन्दिपुरझैँ छैन अर्को सौन्दर्यको खानी ।