“बाकाे माेजा”

पुण्यप्रसाद घिमिरे
बैत्यश्वर-६ दाेलखा

स्कुल जाने हतार, बाकाे माेजा लाएछु,
एउटा जुत्ता दादाकाे, अर्काे आफ्नै पाएछु।
झाेला बाेकी हिंडेकाे, दिदीकाे पाे परेछ,
हाेम वर्क कपी भाइकाे, अचम्मै पाे भएछ।

ढाेकाबाट निस्किएँ म, हाँसे सबै गलल,
किन किन के भएछ, मत परेँ अलमल।
एउटा माेजा छाेटाे रेछ, अर्काे धुँडा सम्मकाे,
सबै कुरा मिलाउँदा त, स्कुल जान ढिला भाे।

म पनि त बदमास हुूँ, सुत्दै बिहान बितेछ,
यताउता सबतिर नै, सामानहरू छरपष्ट,
मेराे जस्ताे उल्लु बानी, नगराैँ ल साथी हाे,
समयकाे ख्याल नगर्दा, आज मलाई लाजै भाे।