बालगीत


डा. छायादत्त न्यौपाने

फुलै फूल फुलाउने कस्तो राम्रो बानी
मन धाेई सुकाउने नानी कति ज्ञानी

मुस्कुराई मिठाे बाेल्ने सिपालु छ बानी
सिर्जनाले सजिइने कर्मयाेगी नानी

अर्मपर्म चलाउने सहयोगी बानी
आफ्नो काम आफै गर्ने नानी स्वाभिमानी

अँध्यारोलाई खेदीदिने फुर्तिलो छ बानी
उज्यालोमा रमाउने बत्ती बाल्ने नानी

हिमाल पहाड तराई बाँझो खन्ने बानी
उत्पादन बढाउने श्रमप्रिय नानी!