“बाल गीत”

मीरा काफ्ले पोखरेल

फलेदो फुलेको
कति राम्रो खुलेको
धुसुर र असुरो
कानलै भरी सुइरो
सिरु पाउलिए खाउँला
ऐंसेलु छोडाउँला
फलेदो फुलेको…..।
किन्मुको छैन बासना
कनकचम्पा मगमगाउँला
इन्द्रकमल असारमा
सयपत्री कात्तीकमा
मखमली र दूबोले
भाइको गला सजाउँला
भीमसेन पाती कति राम्रो
स्वस्थानीलाई चढाउँला
फलेदो फुलेको…।