“बाल दिवस”

पुण्य घिमिरे
बैत्यश्वर -६,दाेलखा

नुर्बु सबेरै उठ्याे । उसका बाबा आमाले अचम्म माने । “हैन आज किन चाँडै निन्द्रा खुल्याे महाराजकाे, ल गाेठ गएर गाेबर साेर। घाँस हाल्। सबकाम सकेर आइज ।”सानीआमाले झर्कदै भनिन् । फेरि बाले पनि “जा जा जाछिटाे जा, फेरि खुरूरू दाैडेर नाम्गेलकाे तिर जाने हैन नि, भन्द्याछु।” “आमा आज बाल दि….।” ९ वर्षको नुर्बुले कुरा टुङ्ग्यान नपाउँदै “छिटाे वा, अहिले दाउराले हान्छु अनि ” सनीआमा कराइन् । ऊ लुरूक्क गाेठतिर लाग्याे हस्याङ फस्याङ गर्दै काम सक्याे । नाम्गेल पनि त्यही तलबाट आउँदै थियाे । नाम्गेल, आाज स्कुल चाँडै जानुपर्छ है, कथा लेखिसक ।” नुर्बुले चिच्याउँदै भन्याे । नेर्बु खुरूखुरू घरमा आयाे । सानी आमाले माेई ,साेल्दर र ढिंडाे पस्किदिइन्। उसले खपाखप खाएर हतार हतार एकघान मकै झाेलामा हालेर स्कुलतिर लाग्याे ।

बाटामा नाम्गेलसँग भेट भयाे । उनीहरू बाल दिवसकाे कथा कविता बारे कुरागर्दै हिंडे । नाम्गेल भाेकै आएकाे रहेछ। नुर्बुले झाेलाबाट मकै झिकेर दियाे । खाँदैखाँदै हिंडे । बाटामा सुकिला कपडा लाएका चार पाँचजना “बाल दिवस सफल पाराैँ” लेखिएकाे ब्यानर बाेकेर नारा लगाउँदै आए र” छाेड् केटा हाे छाेड्”भन्दै अगाडि बढे । बाटाे चिप्लाे थियाे । उनीहरू खाली खुट्टाले हिंडदै थिए । लड्दै पड्दै स्कुल नजिक पुगे । स्कुलै नजिक ठूलाे खाेला थियाे । तुइन चढेर खाेला पार गरे । नुर्बुकाे फाट्काे खल्तीबाट नाम्गेलकाे कथा र उसकाे कविता लेखेका पाना खाेलामा झरे र बगे । दुबैजना खिन्न भए । स्कुलमा तुल पताका टाँसेर रमझम पारिएकाे थियाे गन्य मान्य आइसकेका थिए । उनीहरूलाई सरले देख्नासाथ “ए केटा हाे, किन ढिला गरेकाे हात थाप”भन्दै स्याम स्याम लट्ठीले ठटाए । पालिकका मेयरले भने ” ठिक्क गर्नुभाे सर, विद्यार्थीलाई यसैगरी अनुशासनमा राख्नुपर्छ ।” नुर्बु र नाम्गेल चाैरकाे एक कुनामा लुस्क्क बसे । बाल दिवसकाे नारा भाषण घन्किरहेकाे थियाे कार्यक्रम सकियाे । उनीहरू बाल दिवसकाे अमिलाे कथा सुनेर घर फर्किए ।