बुहारी को खोजी


राजन कार्की(पाजु)
धरान १३ सुनसरी

डोरवेल को आवाजले नन्दनको ध्यान वाहिर खिच्यो। गयर ढोका खोल्यो, धेरै बर्षपछि नन्दनको पुरानो साथी डा. सुदेशका दम्पति छोरीको साथमा खडा थिए।
“ओहो ! सुदेश तँ!! चकित हुँदै नन्दनले हार्दिकता जनायो र लगेर कोठामा बसायो।
“अनि के छ नन्दन तेरो हालखवर ? धेरै पछि भेट भो !”सोफामा बस्दै सुदेशले सोध्यो।
“सब ठिकठाक नै छ सुदेश ! छोरो निशव पनि क्यानडावाट मास्टर्स सकेर यहि महिना फिर्दै छ। मेरो रिटायर्ड लाइफ ठिकै चल्दैछ। ,अनि तेरो नि ! के छ ? नन्दनले सोधे ।
“ओ हो ! हो र ? समय त कति चाँडो बितेछ हगी नन्दन ! जन्मेको हिजो जस्तो लाग्छ, वहाँ पुगेर पढाइ सकिसकेछ !” सुदेशले छक्क पर्दै भन्यो।
“एउटी पढेलेखेकी संस्कारी केटी कोई छन भने हेरिदिन परो सुदेश बावु ! आको वेला जोडा बान्दिम् भनेको !!” नन्दिताले टेबलमा चिया राखिदिँदै भनिन्। नमस्कारको आदानप्रदान पछि सुदेसले चिया लिंदै भन्यो- “हुन्छ नी भाउजु हेरौँला नि।”
केहि बेरको भलाकुसारी पछि सुदेसका परिवार निस्किए।
“सबै राम्रै र छ, खान्दानी पनि रैछन्, केटाले पनि क्यानडावाट मास्टर्स गरेका ! कि मेरो भदैनी सँग कुरा चलाउँ त ; आखिर ऊ पनि पढेलेखेकी , शिलवती नै छे !”
घर आउनासाथ चिया बनाएर टेवलमा राखिदिँदै शिलाले पति सँग जिज्ञासा राखी।
“यो कदापि हुन सक्दैन शीला ! संस्कारी बुहारी भित्र्याउन , आफ्नो चालचलन पनि संस्कारी हुनुपर्दछ । “चियाको घुट्की लिँदै सुदेसले भन्यो।
“किन ! के खोट छ र उनीहरु सँग ? फेरि यस्ता कुराहरु म सँग भन्नु भएको पनि थिएन त ?” शिलाले अचम्म मान्दै सोधी।
“कुनै कुराहरु समय आए पछि समयले नै बताउँछ शिला!”
सुन्यतातिर आँखा डुलाउँदै डा.सावले २५ वर्ष अगाडिको सबै घटना सुनाय– ऊ बेला , नन्दनका दम्पतिले आफ्नो पहिलो गर्भ छोरी भएकै कारण सुदेसलाई जवरजस्ती गर्भपतन गर्न लगाएका थिए।