
सत्यजीत
नानीबाबु उठ हैउ,
बिहानको घाम चम्केको छ,
सपना होइन काम गर,
हेर आकाश टल्केको छ।
किताब खोल, अक्षर पढ,
ज्ञानको बिजारोपण गर,
कलम समात, चित्र कोर
रंगीन भविष्यको निर्माण गर।
हाम्रो हातमा छ अब दिन,
जुन बनाउने छ इतिहास,
अल्छी छैन, डर छैन,
यो जीवन हामीले पायौँ अवसर विशेष।
न दु:खसँग डराउँछौं हामी,
न आँसुमा थाक्छौँ,
अन्धकार फुटाउने जून हौँ हामी,
जुन रातैभर चम्किन्छौँ।
विद्यालय हाम्रो कर्मभूमि हो,
शिक्षक ज्ञानको बाटो,
आमा-बुबाको आशा बोकेर,
अघि बढ्छौँ हरेक पाटो।
खेत होस् या विज्ञानशाला, हामीसँग छ हिम्मत,
मेकानिक होस् या डाक्टर,
हामी बनाउँछौँ शक्तिशाली
मातृभूमि र सम्पदाहरू अति अमूल्य।
म भन्न चाहन्छु सबैलाई-
“तिमी, म र हामी सबै-
भविष्यका नक्सा हौँ,
दिगो सपना,उज्यालो सम्भावना हौँ!”





