मजदुर दिवस

शान्ता भण्डारी थपलिया

आमा आज हाम्रो स्कूल बिदा छ !! फुरुङ्ग छिन् मनिषा, आज विश्व मजदुर दिवस रे !!
हाम्रो स्कूलको खेल मैदानमा भव्य कार्यक्रम छ रे हेर्न जानु पर्छ है !!
मलाई पनि कम्पनी साहुले बोलाएको छ जाउँला नी फूलमायाले छोरीको टाउको सुम्सुम्याउँदै भनिन् ।
सबै मजदुरहरु अविरले रंगिएर दंग छन् ।
श्रमजीवीको सम्मान गर्नु पर्छ , उनीहरूको सुरक्षाको ग्यारेन्टी गर्नु पर्छ भन्दै भाषण भइरहेको छ , ठूला ठूला स्वरमा नाराहरू गुन्जिएको सुनिन्छ ।
साँझपख साहुजी खाद्यान्नको बन्दोबस्त मिलाउनु पर्ने थियो कसो गरौं ?? अन्य सरकारी बिदा लगायत आजको कटाएर यो महिनाको लिएर जाऊ !!