
नानि भारद्वज
विराटनगर, मोरङ्ग
“कस्ती ख्याउटे नानी!” डाक्टरले नानीलाई जाँच्दै भने।
“अँ त सर, कसरी भो यस्तो , जन्मिदा त राम्रै थिइन्।”
“कति महिनाकी भइन् नानी ?”
“चार महिनाकी भइन्।”
नानीको उपचार गराउन अत्याधुनिक श्रृङ्गारमा सजिएकी एउटी तरुणी आमा अस्पताल पुगिन। डाक्टर र उनका बीचमा नानीको स्वास्थ्यको विषयलाई लिएर लामै सम्बाद भयो।
उक्त सम्बादमा डाक्टरले केही महत्त्वपूर्ण जिग्यासा बढाए, “नानीलाई के के खुआउनु हुन्छ?”
“सेरलेक ख्वाउँछु सर!” उनले तुरुन्तै जवाफ दिइन्।
“अनि स्तनपान चैं ?”
डाक्टरले यो प्रश्न गर्नेबित्तिकै केही नबोली लजाउँदै उनले आफ्नो छाती तिर हेरिन्।





