
कमला देवकोटा
बसमा करिव चालीस जना मानिस सफर गर्दैथिए। बाटो बिग्रेकोले दिन भर खाना खाने चाँजो मिलेन। एक रोगी बुढा औषधि खानुपर्ने हुँदा हिंजोको बचेको एक रोटी लिएर आएका थिए।
उनले रोटी च्यात्दै खान थाले। सङ्गै अर्को सिटमा बसेको एक करिव दस बर्षे केटो भोकले यता उता गर्दैथ्यो।
बुढाले त्यो देखे, मनले मानेन। त्यही रोटीको आधा भाग केटालाई दिए।
केटोले अचम्म मान्दै भन्यो, “किन तिमी बुढा छौ खाउ।” बुढाले भने, “यो आधा रोटीको कुरा हैन बाबू मानवता बाँडेको हो के। लेउ आधा पेट शान्त गर।”





