“मायाको शक्ति”

रञ्जुश्री पराजुली

संसारमा माया भन्दा ठुलो केही छैन
मायाले नै संसारलाई एउटै गाँठो कस्छ
घर भित्र परिवारको माया धेरै बलियो
मित्रताको माया फेरि झनै धेरै दरिलो

आकाश पाताल सबै ठाउँका जन्तु धेरै ज्ञानी
माया के हो भन्ने कुरा राम्रो सङ्ग जानी
नजिस्काए न तर्साए तिनी चुप लाग्छन्
तिनलाई माया गरे हाम्रा साथी बन्छन्

जङ्गलको राजा पनि माया भाव बुझछ
जङ्गलमा शान्तिसङ्ग घुम्नेलाई बाटो छोड्छ
भालु त्यस्तै गैंडा त्यस्तै हात्ती पनि त्यस्तै
माया भाव बुझी तिनी गर्छन् साथी जस्तै

सर्पो ,बिच्छी, गँगटो लुकिछिपी बस्छन्
जिस्क्याएमा रिसाएर दौडी आई डस्छन्
भोक लाग्छ तिनलाई दाना पानी खोज्छन्
भोको पेट नजिक परे रिसाएर डस्छन्

जङ्गलमा बस्ने जन्तु
जङ्गल मै छोड
तिनलाई बन्धनमा नपार
पाल्तुलाई पनि माया गर

दुःख सुख रिस राग
तिनलाई पनि हुन्छ
जाडो गर्मी उकुस मुकुस
सबैलाई नि हुन्छ

डाँडा पाखा जन्तु देखे तिनलाई बाटो छोड
नडराई चुपचाप आफ्नो बाटो लाग
जङ्गलमा बस्ने जन्तुको जङ्गल नै हो घर
घरमा पाल्ने पाल्तुको घर नै हो बास।