दिनेश खत्री (एकल यात्री)
मन्थली १३ रामेछाप
ढाका टाेपी शीरमा
फूल फुल्याे भिरमा
रङ्गी चङ्गी फुलेकाे
माैरी रसमा भुलेकाे
चरी चिट्ठी परेर
पुतली झैं बनेर
स्कुल जान हिँडेकाे
बस आज छुटेकाे
झाेलाभरि किताब
केके गर्छाै हिसाब
कापी कलम लिएर
लेख्न के के दिएर
दलिनमा गाैथली
कति राम्री पुतली
केके देखें फाेटामा
मेराे कक्षा काेठामा।