“मेरो विद्यालय”

अंशु श्रेष्ठ
कक्षा: ५
बाल विकास बोर्डिङ हाइ स्कुल  बूढानीलकण्ठ , काठमाडौँ ।

मेरो मन मुटुमा सजिएको मेरो विद्यालय
जब हुन्छु यहाँ तब हुँदैन कुनै भय ।
वरिपरि हरिहाली छ प्रकृति हाँसेकी मुसुक्क
बूढानीलकण्ठ मन्दिरै नजिक बसेको छ टुसुक्क ।
उत्तरमा शिवपुरी पहाड शिरको ताज
मेरो विद्यालय परिचित छ सबैजना माझ।
पढ्नलाई कसैको छैन रोकटोक
यहीँ गएर मेटाउँछु म त ज्ञानको भोक।
अतिरिक्त क्रियाकलाप हुन्छ राम्रा अति
सबैभन्दा लाग्छ मलाई मेरो विद्यालय जाती।